बुद्ध पूर्णिमाको अवसरमा सोमवार लुम्बिनी आइपुगेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेका छन् ।
भारतको उत्तर प्रदेशस्थित कुशीनगरबाट हेलिकप्टरमा लुम्बिनी आइपुगेका मोदीलाई प्रधानमन्त्री देउवा तथा अन्य मन्त्रीहरूले स्वागत गरेका हुन् ।
लुम्बिनी आइपुगेलगत्तै मोदीले आफ्नो आधिकारिक ट्विटर अकाउन्टमा नेपाली भाषामा ट्वीट गरी आगमनको जानकारी दिएका छन् ।

















