काठमाडौंका विभिन्न स्थानबाट तास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

196

काठमाडौं । तास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् । काठमाडौंको बौद्धबाट ७ जना र कलंकीबाट ७ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो ।

५२ वर्षीय हिरा तामाङको रेस्टुरेन्ट एण्ड बारमा तास खेलिरहेको अवस्थामा तामाङ समेत ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । विषेश सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ८४ हजार ३ सय ४५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको जनाएको छ ।

यसैगरी, कलंकीस्थित एडभेन्चर होटल एण्ड लजको कोठा नम्बर ४०६ मा तास खेलिरहेको अवस्थामा सोही होटलका सञ्चालक चितवन खैरेनी घर भएका ३२ बर्षीय कृष्ण अधिकारी समेत ७ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । अधिकारीले उक्त लजमा जुवा, तास खेल्ने खेलाउने गरेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६८ हजार ३ सय ९० रुपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here