काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाई गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक इजलास गठन गरेका छन्।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधि सभा विघटनलगायत विषयमा सुनुवाइ गर्न संवैधानिक इजसालको गठन गर्दै चार थप न्यायाधीश तोकेका हुन् ।
प्रधानन्यायाधीश राणासहित दीपकुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको इजलास गठन भएको छ ।
आज संवैधानिक इजलासमा ११ रिटको पहिलो सुनुवाइ हुँदैछ भने अरू १९ रिट पनि बिहिबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले गम्भीर संविधानिक व्याख्या गर्नुपर्ने भन्दै यही इजलासमा पठाएका छन्। प्रतिनिधिसभा विघटन विरुद्ध ३० वटा रिट निवेदन परेको छ


















