प्रचण्ड र माधव नेपाल नै युगान्तकारी संघर्षका महानायक

92

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रीय अभियानका संयोजक वामदेव गौतम(Bamdev Gautam)ले अहिले बाँचेका नेता मध्ये प्रचण्ड र माधव नेपाल नै युगान्तकारी संघर्षका महानायक भएको जनाएका छन् ।

१४औं गणतन्त्र दिवसका दिन सवै शहीद र अग्रज नेताहरुलाई श्रद्धान्जली र सम्मान प्रकट गर्दै उनले भनेका छन् ‘

वि.स. २०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई ल्याई पुर्याउने युगान्तकारी संघर्षका महानायकहरु भने नेपाली कांग्रेस पार्टीका सभापति गिरिजा प्रसाद कोइराला, नेकपा एमालेका महासचिव माधव कुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड हुनुहुन्थ्यो। उहाँहरु मध्ये गिरिजा प्रसाद कोइराला हामी वीच हुनुहुन्न अरु दुईजना भने नेपाली राजनीतिमा सक्रिय नै हुनुहुन्छ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम नलिइकन ओली लगायत ३ मुख्य नेता गणतन्त्र स्थापनाको विरुद्धमा रहेको पनि खुलासा गरेका छन् ।

सो सँगै उनले उत्तिबेलैको पार्टी बैठकमा ‘अब संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति आफू भएको’ उल्लेख गरेका छन् ।

यस्तो छ उनको शुभकामना वक्तव्यको पूर्ण पाठ :
गणतन्त्र दिवस जिन्दावाद !
आज १४औं गणतन्त्र दिवस हो। यस अवसरमा सवै शहीद र अग्रज नेताहरुलाई श्रद्धान्जली र सम्मान प्रकट गर्दै शहीदको सपना साकार पार्न नेपाली जनतालाई दृढतापूर्वक अगाड़ी बढ्न आह्वान गर्दछु।

नेपालमा राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणाको पृष्ठभूमिमा हजारौ नेता कार्यकर्ता तथा अन्य नेपाली जनताको शहादत, त्याग तपस्या र समर्पण रहेको सर्वविदितै छ। तर वि। स।२०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई ल्याई पुर्याउने युगान्तकारी संघर्षका महानायकहरु भने नेपाली कांग्रेस पार्टीका सभापति गिरिजा प्रसाद कोइराला , नेकपा एमालेका महासचिव माधव कुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड हुनुहुन्थ्यो। उहाँहरु मध्ये गिरिजा प्रसाद कोइराला हामी वीच हुनुहुन्न अरु दुइजना भने नेपाली राजनीतिमा सक्रिय नै हुनुहुन्छ।

विडम्वना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय कमिटीको वहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य ३ नेता विरुद्धमा हुनुहुन्थ्यो। त्यो वैठकमा अव संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिएं।
वामदेव गौतम
उपाध्यक्ष नेकपा (एमाले)
संयोजक
पार्टी एकता राष्ट्रीय अभियान
१५जेठ२०७८ गणतन्त्र दिवस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here