इन्डोनेसियामा पहिरो जाँदा एकको मृत्यु, नौ बेपत्ता

8
(240310) -- BEIJING, March 10, 2024 (Xinhua) -- This photo provided by Regional Disaster Management Agency (BPBD) Padang Pariaman on March 8, 2024 shows rescuers transferring the body of a victim after flood and landslides hit Padang Pariaman Regency in West Sumatra, Indonesia. Three people were found dead and 10 others went missing amid floods and landslides striking Indonesia's West Sumatra province, a senior official of the local disaster management agency said on Friday. (BPBD Padang Pariaman/Handout via Xinhua)

जकार्ता । इन्डोनेसियाको पश्चिम जाभा प्रान्तस्थित गाउँमा आइतबार पहिरो जाँदा एक जनाको मृत्यु हुनुका साथै बालबालिकासहित नौ जना बेपत्ता भएको स्थानीय अधिकारीले सोमबार जनाएका छन् ।

पश्चिम बान्दुङ रिजन्सीको सिबेन्डा गाउँमा आइतबार करिब दुई घण्टासम्म भारी वर्षा भएपछि पहिरो जाँदा उक्त दुःखद घटना भएको स्रोतले जनाएको छ ।

पश्चिम बान्दुङका कार्यवाहक रिजेन्ट अर्सन लतिफले पहिरोमा नौ जना गाउँलेहरू पुरिएको आशङ्का गरिएको जनाउनु भएको छ । यसै क्रममा उद्धारकर्ताहरूले सोमबार बिहान पहिरो र घरको भग्नावशेषबाट एक मृत महिलालाई निकालिएको उहाँले जनाउनुभयो ।

उहाँले दुर्घटनामा दर्जनौँ घर ध्वस्त भएपछि करिब ४०० गाउँलेहरू अस्थायी आश्रयस्थलमा शरण लिन पुगेका छन् । सिन्ह्वा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here