गुरुङ समुदाय धनुष वाण विद्या पर्व मनाए

55

चितवन। गुरुङ समुदायले मेँ त्हँले (धनुष वाण विद्या) पर्व मनाएका छन् । परापूर्वकालमा आफ्नो अस्तित्व रक्षा र सिकार गर्ने हतियार धनुष वाण चलाउने विद्या प्राप्त गरेको दिनका रूपमा मेँ त्हँले (धनुष वाण विद्या) पर्व आइतबार विभिन्न कार्यक्रम गरी देशभरका गुरुङ समुदायले मनाएका हुन् ।

यसैबिच चितवनका गुरुङ समुदायले नारायणी नदी किनारामा जारी आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सवस्थल परिसरको गुरुङ घर प्राङ्गणमा धूमधामसँग यो पर्व मनाएका छन् । विगत वर्ष झैँ यस वर्ष पनि गुरुङ समुदायको धार्मिक संस्था ‘तमु प्ये ल्हु’ सङ्घ चितवनको आयोजनामा धनुष वाण प्रतियोगिता गरी मेँ त्हँले पर्व मनाएको सङ्घका जिल्ला अध्यक्ष विक्रम गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो पर्व हरेक वर्ष फागुपूर्णिमाको तिथिमा पर्छ । यो पर्वको दिन धनुष वाण हान्ने, बर्छा हान्ने, छेलो फाल्ने, कुस्ती खेल्नेजस्ता खेलको आयोजना गरिन्छ । त्यसै गरी खुकुरीजस्ता घरेलु हतियारको विधिवत् पूजा गरी खेल सुरु गरिन्छ । सिकारीयुगमा धनुष वाणको आवश्यकता र महत्त्व धेरै थियो । आदिमकालमा गुरुङहरूको महागुरुबाट शक्तिबाण (गुरुवाण) प्राप्त गरेपछि त्यसमा शक्ति छ कि छैन भनी परीक्षण गर्दा सफल भएको दिनका रूपमा यो पर्व मनाइँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here