इन्फ्रास्ट्रक्चर बैंकद्वारा सातवटै प्रदेशका अस्पताललाई आर्थिक सहयोग

82

काठमाडाैं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कोषअन्तर्गत कोरोना भाइरस महामारी रोकथाम, नियन्त्रण र उपचारमा संलग्न सातवटै प्रदेशका अस्पताल/आइसोलेसन केन्द्रहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ।

बैंकले सातवटै प्रदेशका अस्पताल तथा आइसोलेसन केन्द्रहरुलाई ७ लाख रूपैयाँका दरले ४९ लाख रुपैंया रकम सहयोग गरेको हाे।

उल्लेखित सहयोग रकम प्रदेश १ मा दमक नगरपालिका, प्रदेश २ मा जनकपुर प्रादेशिक अस्पताल, बाग्मती प्रदेशमा पनौती नगरपालिका, गण्डकी प्रदेशमा गोरखा नगरपलिका, लुम्बिनी प्रदेशमा कपिलवस्तु नगरपालिका, कर्णाली प्रदेशमा विरेन्द्रनगर नगरपलिका र प्रदेश ७ मा महाकाली अस्पताललाई प्रदान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here