साताको पहिलो कारोबार दिन हालसम्मकै उच्च कारोबार

88

काठमाडौं । साताको पहिलो कारोबार दिन हालसम्मकै उच्च कारोबार भएसँगै नेप्से परिसूचक नयाँ उचाइमा पुगेको छ। अर्थात यस दिन नेप्से परिसूचक र कारोबार रकम दुबैले नयाँ रेकर्ड कायम गरेको छ।

आइतबार नेप्से परिसूचक १२.५४ अंक बढ्दै २८२७.९३ विन्दुमा पुगेको छ। जुन हालसम्मकै उच्च बन्द विन्दु हो। यस अघि गत साताको सोमबार नेप्से २८२३.४० विन्दुमा बन्द भएको थियो।

यस दिन सेन्सेटिभ इण्डेक्स ३.३५ अंक बढेर ५०७.०५ विन्दुमा बन्द भएको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स १.५९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०६ अंक बढेको छ।

नेप्से नयाँ उचाइमा पुगेसँगै यस दिन कारोबार रकमले पनि नयाँ रेकर्ड बनाएको छ। यस दिन २१९ कम्पनीको १ लाख ७३ हजार ५३७ पटकको कारोबारमा १७ अर्ब २ करोड ८४ लाख ३२ हजार २४५ रुपैयाँ बराबरको ४ करोड २६ लाख ३६ हजार ३४८ कित्ता शेयर खरिदबिक्री भएको छ।

यस अघि गत साताको अन्तिम कारोबार दिन १४ अर्ब ७६ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भइ कारोबार रकममा रेकर्ड बनाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here