सिनोभ्याक खोपलाई आपतकालीन प्रयोग अनुमति

85

एजेन्सी/विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसविरुद्ध चीनले विकास गरेको सिनोभ्याक खोपलाई आपतकालीन प्रयोग अनुमति दिएको छ।

सिनोभ्याक खोप यसअघि नै चीन, इन्डोनेसिया, ब्राजिल र चिलीलगायत देशमा लगाइसकिएको छ। विभिन्न देशमा लगाइएको यो खोपलाई डब्ल्यूएचओले पनि प्रयोग अनुमति दिएको हो।

यो खोप १८ वर्षभन्दा बढीको उमेर समूह भएका मानिसहरूलाई लगाइएको छ। पहिलो डोज लगाएको दुईदेखि चार साताभित्र दोस्रो डोज लगाउनुपर्छ।

डब्ल्यूएचओले यसअघि चिनियाँ खोप सिनोफार्मलाई पनि आपतकालीन प्रयोग गर्न अनुमति दिइसकेको छ।

अब कोभ्याक्स सुविधाअन्तर्गत पनि सिनोभ्याक खोप प्रयोग गर्ने बाटो खुलेको र खोपसम्म पहुँच विस्तारमा सहयोग पुग्ने डब्ल्यूएचओले जानकारी दिएको छ।

दुईदेखि आठ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न सकिने सो खोप विकासोन्मुख मुलुकमा उपयोगी हुने देखिएको बीबीसीमा खबर छ। यो खोप लगाएपछि संक्रमणदर ५० प्रतिशतभन्दा बढी र अस्पताल भर्ना हुने दर शतप्रतिशत रोकिएको दाबी गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here