उपत्यकामा वर्कशप १२ घण्टा सञ्चालन गर्न पाइने

198

काठमाडौं । सवारीसाधन मर्मतका लागि वर्कशपहरू रातिको समय पारेर सञ्चालन गर्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं,भक्तपुर र ललितपुर जिल्ला प्रमुख अधिकारीहरुको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

निर्णय पत्र अनुसार २१ गते राति ९ बजेदेखि बिहान ९ बजेसम्म वर्कशपहरू सञ्चालन गर्न पाइने छ। त्यस्तै,तोकिएको तरकारी बजार बाहेक अन्य सार्वजनिक स्थान बाटोमा तरकारी तथा फलफूल वितरण गर्न पाइने छैन।

सरकारी कार्यालय,सार्वजनिक संस्थान,बैंक, अन्य सम्पूर्ण वित्तीय संस्थाहरु,इन्टरनेट सेवा प्रदायक संस्था र दूरसञ्चार प्रदायक संस्थाका सवारीसाधनको हकमा सम्बन्धित मन्त्रालयका सचिव तथा विभागीय प्रमुखले जारी गरेको पास तथा परिचय पत्रका आधारमा आवातजावत गर्न पाउने छन्। यसअघि यी सेवा प्रदायकका गाडीहरु दिउँसोको सयममा सञ्चालन गर्नमा रोक लगाइएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here