नेपाल वायुसेवा निगमले उडानमा जन्मदिन मनाउनेमाथि कारबाही

152

काठमाडौं । उडानमा लापरबाही गरेको भन्दै नेपाल वायुसेवा निगमले चारजना एयर होस्टेसमाथि कारबाही गरेको छ। वैशाख १४ गते काठमाडौंबाट दुबईका लागि उडेको ९ एन एकेएक्स (न्यारोबडी) जहाजमा एयर होस्टेस निलीमा शाहीको जन्मदिन मनाएपछि निगम प्रशासनले चारजनालाई कारबाही गरेको हो।

कारबाहीमा पर्ने एयर होस्टेसहरूमा शाही, पूर्णिमा खड्का, सुस्मिता घिमिरे र सोफिया शर्मा छन्। निगमले उनीहरूलाई तीन महिनासम्म उडानमा संलग्न नगराउने निर्णय गरेको छ। निगमका अनुसार केक काट्ने बेला जहाज ३५ हजार फिट उचाइमा थियो।

उक्त उचाइका बेला चारवटै ढोका एयर होस्टेसले छाड्न मिल्दैन। तर जन्मदिन मनाउँदा ताली बजाउन एयर होस्टेसहरू एकै ठाउँ जम्मा भएको भन्दै निगमले चारजनालाई कारबाही गरेको हो। ग्याली नं। १ ९ककपिटपछाडि र बिजनेस क्लासअघिको खाली ठाउँ० मा केक काटिएको थियो। जहाजमा फस्ट पाइलट अरबिन्दराज पहाडी र कोपाइलट राकेश काफ्ले थिए। एयर होस्टेसले पाइलटलाई पनि केक दिएका थिए।

उडान प्रोटोकल मिचेका कारण चारजना एयर होस्टेसलाई कारबाहीस्वरूप तीन महिनासम्म काम गर्न रोक लगाइएको निगम प्रशासनको भनाइ छ। नागरिक दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here