मधेस प्रदेश सरकारका राज्यमन्त्री बर्खास्तीमा

15

काठमाडौं । मधेस प्रदेश सरकारका राज्यमन्त्री बर्खास्तीमा परेका छन्।

मुख्यमन्त्री सतिशकुुमार सिंहले आज ८ वटै राज्यमन्त्रीहरुलाई बर्खास्त गरेका हुन्। शुक्रबार मात्रै जनमत पार्टी केन्द्रले मुख्यमन्त्री सिंहलाई समन्वय नगरी मन्त्रालय बाँडफाँट गरेको भन्दै स्पष्टीकरण सोधेको थियो।

अनावश्यक राज्यमन्त्री थपिएको र मन्त्रीहरूको समय उद्घाटनमै बितिरहेको भन्दै स्पष्टीकरण सोधिएको थियो । गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखिले  राज्यमन्त्री हटाइएको बताए। भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रेखा ठाकुरले आफू राज्यमन्त्रीकै हैसियतमा काम गरिरहेको जानकारी दिइन।

मुख्यमन्त्री सिंहले साउन २४ गते मन्त्रीपरिषद्लाई पूर्णता दिएका थिए।  मधेश सरकारमा रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव, शम्भु साह र मोहम्मद जैद आलम, केशव राय, शारदा देवी थापा र रञ्जुकुमारी मण्डल खङ्ग राज्यमन्त्री छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here