काठमाडौं । देशमा बदलिदाे राजनीतिक परिस्थितिकाबीच नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेबाट निष्कासित वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भइरहेको छ।
कोटेश्वरस्थित नेता नेपालको निवासमा सोमबार बिहान ११ः२५ बजेदेखि यी दुई नेताबीच भेटवार्ता भइरहेको हो। नेता नेपाललाई भेट्न दाहाल उनको निवास पुगेका हुन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले ७५ जेठ २ अघिको अवस्थामा फर्कन सहमत भएको तर त्यसका लागि संसद विघटन र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भन्दै दायर रिटबाट माधव समूहले हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त अघि सारेका छन्। ओलीले एकताका लागि शर्तसहितको आह्वान गरेपछि माधव समूहका नेताहरुको मिश्रित प्रतिक्रिया आइरहेका बेला नेता नेपाल र दाहालबीच भेटवार्ता भइरहेको हो।


















