काठमाडौं । नेपालका आदिबासीहरूको मानवअधिकार सम्बन्धी वकिल समूह लाहुर्निपको सहकार्यमा नेवाः विद्यार्थी युनियनको आयोजनामा आदिबासी नेवाः सचेतना १६९ भर्चुअल कार्यक्रम शनिवार भएको छ ।
सो भर्चुअल लाहुर्निपका सचिवका तथा अधिवक्ता शंकर लिम्बुले नेपालका आदिबासीहरूको अधिकार सम्बन्धी अन्तराष्टिय कानुन, पहिचान तथा व्यवस्थित गरिएकाे बारेमा जानकारी दिदै नेवाः समुदायकाे विगत र वर्तमान अवस्थाबारे प्रस्तुत गरिएको थियो ।
नेपाल पत्रकार महासंघया निर्वतमान लेखा समिति सदस्यलिसें व फोनिज काठमाडौं जिल्ला निर्वतमान अध्यक्ष मिराराज भण्डारीले नेवाः समुदायका सांस्कृतिक, धार्मिक, गुथि परम्पराको महत्वकाबारेमा धारणा प्रस्तुत गरिन् ।
सो कार्यक्रममा नेवाः बस्ती संयोजक दिपक तुलाधर, पद्यम कन्या क्याम्पसका उपप्रध्यापक नेपाल भाषा शिक्षक मदन सेन बज्रार्चाय, रत्नराज्य लक्ष्मी क्याम्पसका शिक्षक प्रा डा चन्द्रमान बज्राचार्य, शिक्षिका दिपना शर्मा, शिक्षिका श्रीमिला सुवाल, अनुपसिंह सुवाल अतिथिका रुपमा भर्चुअल कार्यक्रकमा सहभागिता रहेकाे थियाे ।
आदिबासी नेवाः समुदाय र विद्यार्थीहरुलाई केन्द्रित गरि सम्पन्न भएकाे कार्यक्रममा रत्नराज्य लक्ष्मी क्याम्पसमा बि.ए. दोस्रो बर्षमा अध्ययनरत प्रतिक खड्गीले आदिबासी नेवाः समुदायलाई राज्यबाट भइरहेकाे विभेदका बारेमा जनचेतनाको आवश्यक भएको औल्याए ।
रूद्रायणी माविका नेपाल भाषा शिक्षक किरण महर्जनका अनुसार आदिबासी समुदायको भिन्नै लिपि, संस्कृति, भुगोल तथा रितिरिवाज भएको समुह हो । जसको संरक्षण तथा अधिकार सम्पन्न गर्ने कानुन मध्ये अन्तर्राष्ट्रिय कानुन आएएलओ १६९ हो । आफ्नो पहिचान रोजगार संरक्षणका लागि अन्तर्राष्ट्रिय कानुनका जानकारी लिन पाउँदा खुशी लागेको धारणा राखे ।
कार्यक्रममा प्रा डा चन्द्रमान बर्जाचाय नेवाः विध्यार्थी युनियनको प्रयासमा रत्न राज्य लक्ष्मी क्याम्पसमा नेपाल भाषा अभियान अघिबढिरहेकाले नेवाः समुदायभित्रका विभिन्न संघ, संस्थाले पनि सो क्याम्पसमा नेपाल भाषा संरक्षण,सम्र्बद्धनमा सामूहिक पहल गर्नुपर्नेमा जाेड दिए । साे कार्यक्रममा करिव ४० जनाले सहभागिता जनाएकाे कार्यकम करिव ४ः३० घण्टासम्म सञ्चालन भएकाे थियाे ।

















