डेलिभरीको इ-कमर्श सेवालाई नरोक्न अन्तरिम आदेश जारी

127

काठमाडौं । अनलाइन माध्यमबाट खरिद, बिक्री तथा होम डेलिभरीको इ-कमर्श सेवालाई नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको  छ ।

सोमबार न्यायाधीश सपना मल्ल र कुमार चुँडालको संयुक्त इजलासले ‘अनलाइन माध्यमबाट खरिद, बिक्री तथा होम डेलिभरीको इ-कमर्शको सेवा प्रदान गर्ने कम्पनीहरुलाई प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्मको लागि सेवा प्रदान गर्ने काम रोक्ने कार्य नगर्ने’ आदेश जारी गरेको हो ।

निषेधाज्ञाको समयमा आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी संचालन गरिएको इ-कमर्शको सेवा नरोक्न विपक्षीको नाउँमा अन्तरिम आदेश जारी गरेको हो ।

अन्तरिम आदेश जारी हुने वा नहुने सम्बन्धमा छलफल गर्न निवेदकका तर्फबाट उपस्थित अधिवक्ताहरु सुभाष पाठक, आवेश अधिकारी, सागर पौडेल, कृष्ण पाल र रक्षा सिंह तथा विपक्षीतर्फबाट उपस्थित सहन्यायाधिवक्ता संजीवराज रेग्मीले बहसका गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here