गणेश लामा दुई हजार जरिवाना तिरेर छुटे

11

गोरखा । निषेधाज्ञा उल्लंघन गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको गणेश लामा दुई हजार जरिवाना तिरेर छुटेका छन्। कास्की प्रहरीले आवश्यक सोधपुछपछि उनलाई कारबाहीका लागि शुक्रबार करिब साढे १२ बजे जिल्ला प्रशासन कार्यालय पठाएको थियो। आवश्यक सोधपुछपछि दुई हजार जरिवाना तिराएर लामालाई छाडेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ।

सहायक सिडिओ कृष्णचन्द्र पौडेले भने, ‘उहाँसहित तीन जनालाई दुई÷दुई हजार जरिवाना शुल्क तिर्न लगाएर छाडेका हौँ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here