भृकुटीमण्डपदेखि बालुवाटारसम्म मिटरब्याज पीडितहरुकाे सिठी जुलुस

23

काठमाडौं । मिटरब्याज पीडितहरुले भृकुटीमण्डपदेखि बालुवाटारसम्म सिठी जुलुस निकालेका छन्।

देशका विभिन्न ठाउँबाट पैदलयात्रा गरी प्रदर्शन गर्न काठमाडौँ आएका मिटरब्याज पीडितहरुले बिहीबार सिटी जुलुस निकालेर भृकुटीमण्डपदेखि बालुवाटार पिपलबोटसम्म पुगेका हुन्। बालुवाटार पुगेर उनीहरुको जुलुस कोणसभामा परिणत भएको थियो।

लामो समयदेखि मिटरब्याज पीडितहरू देशका विभिन्न ठाउँबाट राजधानीमा आएर न्यायको माग गरिरहेका छन्। उनीहरूले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि आफूहरूको माग सम्बोधन नभएको भन्दै सरकारप्रति असन्तुष्टिसमेत जनाएका छन्।

सरकारलाई दबाब दिन गत माघ १६ गते पूर्व मेची र पश्चिम महाकालीबाट एकै पटक न्याय मार्च सुरु गरेका मिटर ब्याज पीडितहरूले धर्ना तथा आन्दोलन गरिरहेका छन्।

पीडितहरू न्याय मार्चको तेस्रो चरणको कार्यक्रम अन्तर्गत ‘सिंहदरबार मार्च’मा निस्किएका हुन्। उनीहरु फागुन ९ गते काठमाडौँ आइपुगेका थिए।

पूर्वबाट हिँडेको टोली ६ सय किलोमिटर र पश्चिमको टोली २३ दिन लगाएर ७ सय किलोमिटर हिँड्दै काठमाडौँ आइपुगेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here