वाणिज्य बैंकको ऋणपत्र आवेदन दिने आज अन्तिम दिन

166

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

बैंकले जेठ २५ गते देखि २ अर्ब ५० करोड बराबरको (प्रति कित्ता १ हजार अंकित दरका) २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जस मध्ये १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ ।

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्र निष्काशनको लागि एनआइबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।

राष्ट्रिय वाणिज्य बैंकले वार्षिक ८.५ प्रतिशत ब्याज प्रदान गर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here