सुर्खेतमा ज्ञानेन्द्र शाहीको समूहमाथि आक्रमण

130

काठमाडौं । ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आक्रमण भएको छ । शुक्रबार राति साढे ११ बजेको समयमा शाहीको समूहमाथि आक्रमण भएको प्रहरीले जनाएको छ ।

शाहीले सामाजिक सञ्जालमार्फत आफूहरुमाथि आक्रमण भएको जनाएका छन् । उनले आफूसहित राजेश महत, कृष्ण पाण्डे, तिलक बस्नेत, नीतु खड्का, लोकबहादुर रोकाया, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आक्रमण भएको जनाएका छन् ।

वीरेन्द्रनगरस्थित करेखोला नजिक शाही समूहमाथि आक्रमण भएको हो । प्रहरीले भने शाही समूह र स्थानीयबीच झडप भएको जनाएको छ ।

शाहीसहितको समूह देशका बिभिन्न जिल्लामा पुगेर समस्यामा परेका नागरिकको उद्दार तथा राहतमा जुटिरहेको छ । निषेधाज्ञाको समयमा समस्यामा परेकाहरुलाई बचाउन खोज्दा आफ्नो ज्यान खतरामा परेको उनले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here