ठाकुर र उपेन्द्र यादवले एक अर्कामाथि गरेको कारबाही अस्वीकृत

136

आज बसेको आयोगको बैठकले जसपामा दुईजना अध्यक्ष रहेकोले एकजना अध्यक्षले मात्र हस्ताक्षर गरेर विवरण अद्यावधिक गरिदिन भन्दा विधान सम्मत नहुने निर्णय दिएको छ । योसँगै जसपाको कार्यकारिणी समिति कायमै रहेको र अद्यावधिक गर्न नमिल्ने आयोगले उल्लेख गरेको छ ।

जसपाको महन्थ ठाकुर खेमाले अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्काशनको निर्णय गरेर आयोगलाई पत्र लेखेको थियो । त्यसअघि उपेन्द्र यादव खेमाले अध्यक्ष महन्थ ठाकुरका अलावा नेताहरु राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निष्काशन गरेको निर्णय गरी आयोगलाई अद्यावधिक गर्न लेखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here