भर्चुअलबाट सिद्धार्थ इन्स्योरेन्सको १९ औं वार्षिक साधारण सम्पन्न

220

काठमाडौं ।  सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको १९ औं वार्षिक साधारण सभा शुक्रवार  भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।

सभाले हाल कायम रहेको चुक्तापूँजी १ अर्ब रुपैयाँको १२ प्रतिशत बोनस शेयर जारी गर्ने तथा ३ दशमलव ७८ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारण सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतनलाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरेका थिए ।

सभामा कम्पनीले आर्थिक वर्ष २०७६/ ७७ मा विभिन्न बीमा व्यवसाय अन्तर्गत १ अर्ब ९६ करोड ३९ लाख बीमाशुल्क आर्जन गरेकोे थियो भने चालू आवको साधारण सभा भएको दिनसम्म २ अर्ब १ करोडभन्दा बढी बीमाशुल्क आर्जन गरिसकेको जानकारी दिइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here