खड्गप्रसाद एण्ड कम्पनीको नयाँ विधि शास्त्र : पूर्व प्रधानमन्त्री भट्टराई

181

काठमाडौं । निर्वाचन आयोगको निर्णयलाई जनता समाजवादी पार्टी(जसपा) नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले खड्गप्रसाद एण्ड कम्पनीको नयाँ विधि शास्त्र भनेका छन् ।

निर्वाचन आयोगले आइतबार जसपा विवादमा गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै नेता भट्टराईले आयोगको फैसलाप्रति असन्तुष्टिका रुपमा  यस्तो अभिव्यक्ति दिएका हुन् ।

कसैले चो¥यो भनेर मुद्धा हाल्दा उल्टै चोरलाई मैले चोरेको हैन भनेर मुद्धा हाल्ने(वादी) ले चोरेको हो भनेर प्रतिवाद गर्न लगाउने गरी आएको आयोगको फैसलालाई खड्गप्रसाद एण्ड कम्पनीको नयाँ विधि शास्त्र भन्दै तिखो व्यङ्ग्य गरेका हुन् ।

उनले आयोगको फैसला ‘दुवै वादी र प्रतिवादी चोर हुन्, मिलेर बस्नू भन्ने’ खालको आसयमा आएकोमा आपत्तिसमेत जनाएका छन् ।

जसपाका एक अध्यक्ष महन्थ ठाकुर पक्ष र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले एकअर्कालाई पार्टीबाट निष्कासन गर्दै आफू पक्षलाई वैधानिकता दिन निर्वाचन आयोगलाई पत्र पठाएका थिए । तर, आयोगले दुवैको निर्णय वैधानिक नभएको भन्दै कसैको कारबाहीलाई मान्यता दिन नसिकने निर्णय सुनाएको थियो ।

सामाजिक सञ्जालमा उनले लेखेका छन् :
खड्गप्रसाद एण्ड कम्पनीको नयॅा विधिशास्त्र स् कसैले चोर्यो भने चोरी गर्नेको विरूद्ध मुद्दा हाल्नू ! चोरलाई पनि मैले चोरेको हैन, उल्टै मुद्दा हाल्ने (वादी)ले चोरेको हो भनेर प्रतिवाद गर्न लगाउनू । मुद्दा हेर्ने कार्यालयले दुवै वादी र प्रतिवादी चोर हुन्, मिलेर बस्नू भन्ने फैसला गर्नू ! वाह !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here