डा. गिरीलाई सुरक्षाको चुनौती

130

काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरीको सुरक्षामा चुनौती आएको भन्दै संयुक्त प्रेस विज्ञप्ति जारी गरिएको छ । दुर्गा प्रसाईंद्वारा सञ्चालित झापाको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णयमा हस्ताक्षर गर्न भन्दै प्रधानमन्त्री, शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीले दबाब तथा धम्की दिएको कुरा विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा जनाइअनुसार आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष डा गिरीलाई बालुवाटार बोलाइ प्रक्रिया मिचेर बीएण्डसीलाई सम्बन्धन दिन निर्णयमा हस्ताक्षर गर्न नाजायज दबाब दिएको र शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ तथा स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले गिरीलाई हस्ताक्षर वा राजीनामा गर्न धम्की दिएका छन् ।

बृहत् नागरिक आन्दोलन र सोलिडारिटी फर डा.केसी अलायन्सद्वारा जारी उक्त विज्ञप्तिमा भनिएको छ ‘मेडिकल शिक्षालाई सीमित नाफाखोर आसेपासेको हातमा सुम्पेर देशको स्वास्थ्य प्रणाली नै धाराशायी पार्ने चेष्टा स्वयम भत्सर्नायोग्य छाँदैछ, एउटा लोकतान्त्रिक मुलुकको प्रधानमन्त्री निवासलाई नै गुण्डागर्दीको थलो बनाउनु झनै आपत्तिजनक छ । त्यसैले डा.गिरीको जीवनरक्षा अहिले हाम्रो मुख्य चिन्ताको विषय बन्न पुगेको  छ ।’

उनीहरुले डा.गिरीको भौतिक र मानसिक सुरक्षा सुनिश्चित गर्न सरकार तथा सम्बन्धीत पक्षको ध्यानाकर्षण गराउँदै गिरीको सुरक्षाको निम्ति आ–आफ्नो ठाउँबाट आवाज उठाउन र आन्दोलित हुन  राजनीतिककर्मी, नागरिक समाज, पेशाकर्मी तथा सम्पूर्ण नागरिक समाजलाईअपिल गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here