काठमाडौं । नबिल बैंकले कोर बैंकिङ सिस्टम (सिबिएस) अपग्रेड गर्ने भएको छ । सिबिएस अपग्रेड गर्ने क्रममा असार ४ गते शुक्रबार दिउसो ४ बजेदेखि असार ७ गते सोमबार बिहान ९ बजेसम्म बैंकबाट प्रदान हुने सम्पूर्ण सेवा बन्द हुने बैंकले जनाएको छ ।
सिबिएस स्तरउन्नति गर्नुपर्ने भएकाले उक्त अवधिसम्म बैंकको सम्पूर्ण शाखाहरु, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ एटीएम, कार्ड (क्रेडिट/प्रिपेड कार्ड बाहेक) रेमिट्यान्स लगायतका सेवाहरु एवम् सम्पूर्ण बैंकिङ कारोबारहरु पूर्णरुपमा बन्द रहने बैंकले जानकारी दिएको छ ।
उक्त समयमा आइपर्न सक्ने अत्यावश्यक बैंकिङ सेवाका लागि कार्यालयमा अग्रिम रुपमा सम्पर्क गर्न बैंकले भनेको छ ।

















