काठमाडौं । अविरल वर्षापछि आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलाम्ची बजार र हेलम्बुका ९ सय घर परिवार प्रभावित भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
हेल्म्बु गाउँपालिका वडा नं १ नाकुत्ते भन्दा ५ स मिटर माथिको भू–भागबाट गएको भिषण पहिरोका गएपछि मेलाम्ची नदी थुनिएर आएको बाढीका कारण मेलाम्चीका ६०० जना र हेलम्बुका ३०० गरी ९०० स्थानीयवासीहरु प्रभावित भएका छन् ।
त्यसैगरी बाढीका कारण १६ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश सापकोटाले हालसम्म १६ जना बेपत्ता भएको यकिन भइसकेको र अन्य ५-७ जनापनि बाढीमा परेको खबर आएपनि यकिन नभइसकेको जानकारी संसारन्युजलाई दिए ।
बेपत्ता भएका मध्ये विहीबार मेलाम्ची खानेपानी आयोजनामा कार्यरत तीन चिनियाँ कामदारमध्ये २ को शब फेला परेको छ ।
बाढीका कारण मेलाम्ची खानेपानी आयोजनामा कार्यरत तीन चिनियाँ, तीन भारतीय र २ नेपाली कामदार बेपत्ता भएको मेलाम्ची खानेपानी विकास समितिले बुधबारै सूचना जारी गरेको थियो ।



















