-राज्यलक्ष्मी शाक्य
कोभिड–१९ कोरोना भाईरसले बिश्वलाई नै आतंकित बनाएको छ । समस्याहरु थपिने क्रम जारी छ । संक्रमण हुन्जेलसम्मका समस्या हुँदै संक्रमण पछि हुने समस्याबारे बहस चलिरहेका छन् । पछिल्लो अनुशन्धान अनुसार कोभिड-१९का कारणबाट मानिसमा आल्जाइमर जस्ता मानसिक रोग पनि आउन सक्ने अमेरिकी अनुसन्धानकर्ताहरूको एक टोलीले जनाएको छ।
डाइमेन्सिया जस्ता सिकाइसम्बन्धी समस्या पनि बढेर जटिल हुने कारण कोरोना भाइरसबाट देखिएको छ । अमेरिकाको ओहियोस्थित क्लिभल्यान्डमा हालै कोभिडसम्बन्धी अनुसन्धानकर्ताहरूले यस्तो जनाएका हुन् । उनीहरूले गरेको यो अनुसन्धानबारे गत साता प्रकाशित अल्जाइमर्स रिसर्च एन्ड थेरापी नामक जरनलमा छापिएको छ ।
स्वाद र बास्ना गुम्ने कोरोनाभाइरसका रोगीहरूको लक्षणको सम्बन्ध दिमागसँग जोडिएर हुने जटिलताको अध्ययन गर्दा उनीहरूले यस्तो नतिजा फेला पारेका हुन् । कोभिड–१९को जीनको होस्टको आणविक स्तरसँग तुलना गरी अध्ययन गरेका हुन् ।
कोभिड–१९का बिरामी र अल्जाइमरका बिरामी दुवैको तथ्यांक संकलन गर्न उनीहरूले कृत्रिम बौद्धिकताको प्रयोग गरेका थिए ।
उनीहरूबीचको समानताको मापनका लागि यो कृत्रिम बौद्धिकता प्रविधिको प्रयोग गरिएको थियो । जीनका तत्वहरूको विश्लेषणले नयाँ भाइरसले दिमागका तन्तु र सेललाई संक्रमण गर्न सक्ने दुवैका बिरामीमा देखिएको छ । अल्जाइमरका बिरामीलाई प्राणघाती कोरोना भाइरससँग बचाउ गर्न बढी असहाय हुन सक्ने निष्कर्ष निकालिएको छ ।


















