काठमाडाैं । अधिवक्ता डा. भीमार्जुन आचार्यले सरकार गठनको प्रक्रियामाथि नै प्रश्न उठाएका छन्। आइतबार रिट निवेदकको तर्फबाट बहस गर्दै उनले राष्ट्रपतिले अहिलेको अवस्थामा वैकल्पिक सरकार गठनको प्रक्रिया थाल्नु नै गलत भएको जनाए ।
अहिले प्रधानमन्त्री पद रिक्त नरहेको र तीन अवस्थामा मात्रै प्रधानमन्त्री रिक्त हुन सक्ने आचार्यले जनाए। ‘प्रधानमन्त्रीले ७६ (३) मा नियुक्त भएपछि विश्वासको मत नपाए, राजीनामा दिए वा मृत्यु भएमा बाहेक प्रधानमन्त्री रिक्त हुने व्यवस्था संविधानमा छैन, अनि कसरी अर्को प्रधानमन्त्री नियुक्तीको प्रक्रिया सुरु गर्न मिल्छ?’, आचार्यले भने।
एउटै व्यक्तिले संविधानका हरेक व्यवस्था अनुसार एउटै कार्यकालमा प्रधानमन्त्री बन्न नमिल्ने पनि उनले बहसका क्रममा जनाए ।


















