एकैदिन दुई हजार २११ जना सङ्क्रमणमुक्त हुँदा २३ जनाको मृत्यु 

77

काठमाडाैं  ।  पछिल्लो २४ घण्टामा थप एक हजार ७४५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सात हजार ४९८ जनामा गरिएको पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।  यस्तै, चार हजार २८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८७७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण २३ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार २४८ जनाको मृत्यु भैसकेको छ । पछिल्लो २४ घण्टामा दुई हजार २११ जना सङ्क्रमणमुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here