समालोचकीय परिचर्चा भर्चुअल कार्यक्रम सम्पन्न

86

काठमाडौं । नेवाः विद्यार्थी युनियनको आयोजनामा ह्याउँनिभाः (रातो प्रकाश) टाइम्सको संयोजनमा नेपालभाषाका दुईवटा कृति श्रीलक्ष्मी श्रेष्ठको सच्छि दंया (सत्य मोहन) जोशी र डा. बाल गोपाल श्रेष्ठको ‘डायरी पानाय् बुयावःगु’ नामक कविता संग्रहको समालोचकीय परिचर्चा” भर्चुअल मिटिङ सम्पन्न भएको छ ।

अच्युत बज्राचार्यबाट सञ्चालन गरिएको कार्यक्रममा नेवाः विद्यार्थी युनियनका अध्यक्ष रिदेन महर्जनले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा ह्याउँनिभाः टाइम्सका अध्यक्ष धनबहादुर महर्जनले नेपालभाषा, साहित्यलाई संरक्षण, सम्र्बद्धन गर्नका लागि आर्थिक रुपमा अघि बढ्न नेवाः अवधारणाको विकास गरिएको जानकारी गराए ।

कार्यक्रममा एक सय दुई बर्ष प्रवेश गरेका वांगमय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाल भाषा काव्य विधामा रत्न भई प्रवेश भएको महत्वपूर्ण उपलब्धी जनाउँदै नेपालभाषा साहित्य क्षेत्रमा अभैm उत्कृष्ट कृति प्रकाशनका साथै निरन्तर कलम चलिरहोस् भनि शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा बिमल ताम्राकारले सच्छि दंया सत्य मोहन जोशी पुस्तकको महत्व, पूर्णकाजी ताम्राकारले डा. बाल गोपाल श्रेष्ठको “डायरी पानाय् बुयावःगु कविता” र वैचारिक सचेतता ध्रुब मधुकर्मिले डायरी पानाय् बुयावःगु कविता, डा ज्योति तुलाधारले डा. बाल गोपाल श्रेष्ठको “डायरी पानाय बुयावःगु कविता” को समालोचना गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here