सेयरबजार सामान्य अंकले बढ्याे

103

काठमाडाैं- साताको दोस्रो कारोबार दिन सोमबार सेयरबजार सामान्य अंकले बढेको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.११ अंकले बढेर २८७५.५० विन्दुमा कायम भएको छ।

नेप्सेमा आज सात अर्ब ७२ करोड ५५ लाख १२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कूल २१९ वटा कम्पनीका एक करोड ९२ लाख ८२ हजार ८१५ कित्ता सेयर ८१ हजार ३०० पटक खरिद-बिक्री भएका थिए।

आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ४.१४ अंकले बढेर ५३३.५५ विन्दुमा कायम भएको छ।

नेप्सेका अनुसार सबैको लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ८.१७ प्रतिशतका दरले कमाएका छन्। बेस्ट फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ५.४८ प्रतिशतका दरले गुमाएका छन्।

आज अपर तामाकोशी हाइड्रोपावर कम्पनीका सेयर सबैभन्दा धेरै ६६ करोड ९४ लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। संख्यात्मक आधारमा एनआईसी एसिया ग्रोथ फण्डका सबैभन्दा धेरै २७ लाख पाँच हजार ५० कित्ता अपर तामाकोशी हाइड्रोपावर कम्पनीका सेयर सबैभन्दा धेरै छ हजार ३३४ पटक किनबेच भएका थिए।

आज विकास बैंक, फाइनान्स, हाइड्रोपावर, उत्पादन तथा प्रशोधन, निर्जीवन बिमा, अन्य र ट्रेडिङबाहेक बाँकी सबै समूहका परिसूचक बढेको नेप्सेले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here