जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

72

झापा । तेह्र वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गौरादह नगरपालिका-८ बस्ने २७ वर्षीय देव मुर्मुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
मुर्मुले ती किशोरीलाई शुक्रबार बेलुका बिर्तामोड नगरपालिका-७ मुनाल टोलस्थित आफ्नै ससुराली घरमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here