काठमाडौं। कुमारी बैंकका ग्राहकले दृष्टि दि भिजन आइ सेन्टरमा छुट पाउने भएका छन् । कुमारी बैंक र नेपालमा आँखा सम्बन्धी गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आइरहेको दृष्टि दि भिजन आइ सेन्टरबीच सम्झौता भएको हो ।
उक्त उपचार केन्द्रमा आँखा सम्बन्धित उपचार सेवामा कुमारी बैंकका ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता भएको बैंकले जनाएको छ ।
सम्झौतापत्रमा कुमारी बैंकका मार्केटिङ्ग प्रमुख नवीन मुनि बज्राचार्य र दृष्टि दि भिजन आइ सेन्टरका निर्देशक डा.रोहित सैजुले हस्ताक्षर गरेका हुन् ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९४ शाखा सञ्जाल, १६५ एटिएम, २६ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ ।


















