प्रधानमन्त्रीको पुत्ला दहन

75

काठमाडाैं । प्रतिनिधि सभा विघटनविरूद्ध प्रदर्शनमा उत्रिएका पाँच विपक्षी गठबन्धनका भातृ विद्यार्थी संगठनले काठमाडौंको प्रदर्शनीमार्गमा प्रदर्शन गरेका छन्।

आन्दोलनरत विद्यार्थीले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन्। प्रहरीले धरपकड गर्दा २ जना विद्यार्थी सामान्य घाइते भएको नेविसंघ महामन्त्री दीपक भट्टराईले जनाए।  उनकाअनुसार प्रहरीले प्रदर्शनकारीलाई बल प्रयोग गरेको छ।

विद्यार्थीले पुत्ला दहन गर्दा प्रहरीले खोसेको थियो।  विद्यार्थी संगठनहरूले विद्यार्थी र शिक्षकलाई छिटो कोरोनाविरूद्ध खोप दिन पनि माग गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here