मेडिकल प्रवेश परीक्षा दिन ७२ घण्टाभित्रको पिसिआर अनिवार्य

86

काठमाडाैं । चिकित्सा शिक्षा आयोगले साउन ९ गतेदेखि स्नातक तहको एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्ने तय गरेको छ। साउन ९ देखि १३ गतेसम्म सञ्चालन हुने प्रवेश परीक्षामा सबै परीक्षार्थीलाई पिसिआर रिपोर्ट अनिवार्य गरेको सूचना आयोगले सार्वजनिक गरेको परीक्षा तालिकामा उल्लेख छ।

सिसिएमसीले परीक्षा सञ्चालनको स्वीकृति दिँदा नै कोभिड–१९ को उच्च जोखिमलाई ध्यानमा राख्दै पिसिआर अनिवार्य गरेअनुसार आयोगले सूचना प्रकासित गरेको आयोगका प्रवक्ता डिल्ली लुइँटेलले बताए। उनका अनुसार आयोगले तीन दिन लगाएर विद्यार्थीले रुचाएको ठाउँमै परीक्षा केन्द्र तोक्न फारम भराएको थियो। सोही अनुसार अब केन्द्र तोकिने छ।

‘सिसिएमसीले परीक्षा सञ्चालन गर्न स्वीकृति दिँदा नै विद्यार्थीले रोजेको ठाउँअनुसार केन्द्र तोक्नुपर्ने र स्वदेशी विद्यार्थीको सवालमा परीक्षाको दिनुभन्दा ७२ घन्टाभित्रको पिसिआर रिपोर्ट अनिवार्य गरेको हो,’ प्रवक्ता लुइँटेलले भने, ‘विदेशी विद्यार्थीको हकमा भने ७ दिनको क्वारेन्टिन अनिवार्य गरेको छ। यसपटक परीक्षार्थीले आफूलाई पायक पर्ने केन्द्रबाट परीक्षा दिने पाउने भएका छन्। आयोगको परीक्षा निर्देशनालयले केन्द्र तोक्ने र जनशक्ति व्यवस्थापनबारे समन्वय गरिरहेको छ।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here