रामनगर गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बर्मा ६७ वर्षकाे उमेरमा निधन

153

काठमाडाैं । सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माको निधन भएको छ।

६७ वर्षीय बर्मालाई स्वास्थ्यमा समस्या भएपछि एक साताअगाडि काठमाडौं ल्याइएको थियो। उनको मेडिसिटी अस्पतालमा उपचार गरिएको थियो।

उनको उपचारको क्रममा गए राति निधन भएको हो। मिर्गौला, मधुमेहलगायत समस्या उनलाई थियो।

गाउँपालिका अध्यक्ष बर्माको गए राति निधन भएको जानकारी आएको गाउँपालिका उपाध्यक्ष नितुदेवी यादवका छोरा सन्तोष यादवले जानकारी दिए।
अध्यक्ष बर्माको शव सर्लाही ल्याउने तयारी रहेको उनले जनाए । एम्बुलेन्समार्फत् शव ल्याएर बागमती नदी घाटमा अन्त्येष्टी गर्ने तयारी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here