एजेन्सी । ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । पेरुविरुद्ध १० को जीत हासिल गर्दै ब्राजिल फाइनलमा प्रवेश गरेको हो ।
आज विहान नेपाली समय अनुसार भएको सेमिफाइनलमा ब्राजिलका लागि लुकास पाकुइटाले ३५औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो ।
अर्जेन्टिना र कोलम्बियाबीच भोलि विहान हुने सेमिफाइनलमा विजयी टोलीसँग ब्रजिलले उपाधिको भिडन्त गर्नेछ ।


















