कैलाली । कैलालीमा जारी निषेधाज्ञा आगामी साउन १ गते सम्म थप भएको छ ।
यस अघि थप गरिएको निषेधाज्ञा असार २३ गते सकिँदै थियो । जिल्ला प्रशासन कार्यालय कैलालीले एक सूचना जारी गर्दै निषेधाज्ञा साउन १ गतेसम्म लम्बिएको जनाएको हो ।
बिभिन्न बैठक, तालिम, गोष्ठी, सेमिनारका लागि २५ जना मात्रै उपस्थित हुन पाउने छन् । होटेल, रेस्टुरेन्ट, फास्ट फुट, खाजा तथा चिया पसलहरु बिहान ५ बजे देखि राति ८ बजे सम्म सञ्चालन गर्न पाइने भएको छ ।
कैलाली जिल्ला भित्रका यात्रुबहाक सवारी साधनलाई जोरबिजोर प्रणाली हटाउँदै जनस्वास्थ्य मापदण्ड पालना गरेर नियमित सञ्चालन गर्न दिने निर्णय गरिएको छ ।


















