सर्वाेच्च अदालतले असार २८ गते प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा फैसला सुनाउने

225

काठमाडौं ।  प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा सर्वाेच्च अदालतले असार २८ गते फैसला सुनाउने भएकाे छ। सोमबार सुनुवाइ सकिएसँगै संवैधानिक इजलासले फैसला सुनाउने मिति तय गरेको हो।

सोमबार रिट निवेदक तर्फबाट जवाफी बहस सकिएपछि एमिकस क्युरीले राय दिएका थिए। 

मन्त्रिपरिषद्को सिफारिसमा गत जेठ ७ गते मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक प्रतिनिधि सभा विघटन गरेकी थिइन्।

जसविरुद्ध परेका रिटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा बहस भएको हो। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here