कोमाबाट ब्युँतियो एमाले एकताका लागि गठन गरिएको कार्यदल

168

काठमाडाैं । एमाले एकताका लागि गठन गरिएको कार्यदल डेढ महिनासम्म कोमामा रहेर ब्युँतिएको छ । यससँगै सोमबार नै कार्यदलको बैठक बसेको छ । छलफल सकारात्मक भएको वार्तामा सहभागी नेताले बताएका छन् । बैठकमा विगतमा भएका कामकारबाहीको समीक्षा गरिएको थियो ।

बैठकपछि माधवकुमार नेपाल पक्षका कार्यदल संयोजक भीम रावलले मंगलबार पार्टी मिलाउन घनीभूत ढंगले लागिपर्ने जनाए । संस्थापन पक्षका कार्यदल संयोजक सुवास नेम्बाङले लामो समयपछि बसेको कार्यदलको औपचारिक बैठकले सकारात्मक दिशातर्फ उन्मुख भएको सन्देश दिने जनाए ।  यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here