निर्वाचन कार्यतालिका सार्वजनिक

911

काठमाडौं‌ । निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।  आयोगले प्रेस विज्ञप्तिमार्फत् कार्यतालिका सार्वजनिक गरेको हो ।

कार्यतालिकामा असार ३१ देखि साउन १५ सम्म राजनीतिक दल दर्ताको कार्यक्रम रहेको आयोगले जनाएको छ । मतदाताको अन्तिम नामावली भदौ २३ गते प्रकाशित हुनेछ ।

पहिलो चरणमा २६ कात्तिकमा हुने निर्वाचनका लागि २१ असोजबाट २६ असोजसम्म उम्मेदवारी दर्तालगायतका निर्वाचनका कार्यक्रमको मिति तोकिएको छ ।

दोस्रो चरणमा ३ मंसिरमा हुने निर्वाचनका लागि ३१ असोज देखि ५ कात्तिकसम्म कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here