नेकपा एमालेद्वारा कर्णाली प्रदेश सभा बैठक अवरुद्ध

177

वीरेन्द्रनगर । कर्णाली प्रदेश सभा बैठक प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले बिहीबार पनि अवरुद्ध पारेको छ ।

एमालेले राख्दै आएको प्रश्नप्रति सरकार जिम्मेवार नभएको भन्दै बैठकमा अवरोध पुर्‍याइएको हो । बैठकको सुरुमा नै बोल्दै पूर्व न्त्री एवम् एमालेका सांसद दल रावलले सरकार बजेटप्रति उत्तरदायी नभएको प्रमाण देखाइरहेको बताए । उनले लोकतन्त्रमा प्रश्न गर्न पाइने भएकाले नै एमालेले प्रदेश सभामा नैतिक ढंगले राजनीतिक तथा संवैधानिक प्रश्न राखेकोमा सरकारले यसतर्फ वास्ता नगरेको बताए ।

‘लोकतन्त्र भनेकै बहुमतले अल्पमतमाथि शासन गर्ने प्रक्रिया हो,’ उनले भने, ‘यहाँ त लाजमर्दो अवस्था छ, ४० सिटमध्ये २० सिटमा एमाले छ, १८ सिट भएका दुईवटा दलहरुले सरकार सञ्चालन गरिरहेका छन्, नैतिक, राजनीतिक लोकतान्त्रिक र वैधानिक रुपमा यो कत्तिको सत्य हो रु’

सांसद रावलले सरकारमा लोकतन्त्रलाई नै मार्गदर्शन बनाएको कांग्रेस पार्टी सरकारमा रहेको भन्दै सरकार चलाउन भन्दै लोकतन्त्र बलियो बनाउतर्फ लाग्न आग्रह गरे । लोकतन्त्र मासिने चिन्ता देखाएका पार्टीले नै प्रदेशको लोकतन्त्र मासिँदै गएकोप्रति ध्यान नदिएको उनको भनाइ छ । अल्पमतमाथि बहुमतले शासन गर्ने व्यवस्था कहाँ छ रु भन्दै उनले प्रश्न गरे ।

सरकारले जवाफ नदिएसम्म आफूहरुले बैठकको कारबाही अगाडि बढाउन नदिने अडान राख्ने सांसद रावलले बताएपछि एमालेका सांसदहरुले उठेर विरोध जनाए । एमालेले बैठकमा अवरोध गरेपछि सभामुख राजबहादुर शाहीले बस्न आग्रह गरे । तर एमालेका सांसदहरुले आफ्नो अडान नछाडेपछि सभामुख शाहीले आगामी आइतबार दिउँसो २ बजेसम्मका लागि बेठक स्थगित भएको जानकारी गराए ।

असार १ गते प्रदेश सभाको १० औं बैठकबाट आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको कर्णाली प्रदेश सरकारले बजेटमाथि छलफल चलाउन सकेको छैन । एमालेभित्रको राजनीतिक विवादका कारण बजेट सार्वजनिक भएको २४ दिनसम्म पनि प्रदेश सभामा बजेटमाथि छलफल हुन नसकेको हो । चालु आव सकिन एक सातामात्रै बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here