त्रिवि परीक्षा तालिका प्रकाशित

339

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षा तालिका प्रकाशित गरेको छ ।

त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले  बिहिबार परीक्षा तालिका प्रकाशित गरेको हो ।

ग्रेडिङ सिस्टम अनुसार स्नातकोत्तर तह दोश्रो वर्ष तेस्रो शत्र २०७५ समूहको परीक्षा तालिका सम्बन्धी सूचना जारी गरिएको हो ।

सूचनामा भनिएको छ, ‘विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोनाभाइरसको दोस्रो लहरका कारण त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुद्वारा

मिति २०७८ बैशाख १३ गते प्रकाशित सूचना अनुसार स्थगित गरिएको परीक्षा हरु मध्ये सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार सञ्चालन हुने स्नातकोत्तर तह जल तथा मौसम विज्ञान, कम्प्युटर विज्ञान तथा सूचना प्रविधि, तथ्यांकशास्त्र, भूगर्भशास्त्र, इन्जिनियरिङ्ग जियोलोजी, र वायो डाइभरसिटी एण्ड इनभारोमेन्टल म्यानेजमेन्ट विषय दोस्रो वर्ष तेस्रो शत्र २०७५ समूह नियमित तथा सोही शत्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षा निम्न लिखित परीक्षा तालिका अनुसार सञ्चालन गरिने भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’ परीक्षा समय र केन्द्र पछि तोकिने पनि त्रिविले स्पष्ट पारेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here