सिंजाका वडाध्यक्षले जातीय विभेद गरेकाे मुद्दा दर्ता

54

काठमाडाैं । जुम्लामा पहिलो पटक जातीय विभेदविरुद्धको मुद्दा दर्ता भएको छ । सिंजा गाउँपालिका–६ का वडाध्यक्ष कालिबहादुर बुढा तथा उनका छोराले सोही वडाका दलित युवा विवेन्द्र नेपालीमाथि गरेको जातीय विभे विरुद्धको मुद्दा दर्ता भएको हो ।

प्रहरीले दुई दिनसम्म मुद्दा दर्ता गर्न नमानेको जिल्ला प्रहरी कार्यालय जुम्लाले अन्ततः शुक्रबार मुर्दा दर्ता गरेको हो । जुम्लाका दलित युवाहरूको निरन्तरदबाब पछि मात्रै शुक्रबार प्रहरीले मुद्दा दर्ता गरेको युवा भरत नेपालीले जनाए । उनका अनुसार प्रहरी कार्यालयको मुद्दा शाखाको ८४ नम्बरमा पहिलो पटक जुम्लामा जातीय विभेदविरुद्धको मुद्दा दर्ता भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here