मृत अवस्थामा फेला

74

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ बालाजुचोकस्थित सडक छेउमा सोही ठाउँ जनजागृती टोल घर भएकी ३८ वर्षीया कौसिला नेपाली आइतबार मृत अवस्थामा फेला परेकी छन् ।

रुपन्देहीकाे तिलोत्तमा नगरपालिका-३ सिमानगरस्थित तिनाउ नदीमा बुटवल उपमहानगरपालिका-११ विनापोत बस्ने ६४ वर्षीय निल बहादुर श्रेष्‍ठ आइतबार मृत अवस्थामा फेला परेका छन् । साथै मोरङकाे बुढीगंगा गाउँपालिका-७ घर भई हाल सुन्दरहरैचा नगरपालिका-१ संगीतचोकस्थित हजुरबुबाको घरमा बस्दै आइरहेका १९ वर्षीय रविन रिजाल सुतिराखेको ठाँउमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here