मूल्यवृद्धिविरुद्ध आन्दोलनरत पाँच विद्यार्थी संगठनले पेट्रोल पम्प बन्द

62

काठमाडौं । पाँच विद्यार्थी संगठनले पेट्रोल पम्प तथा ढुवानीका ट्यांकर बन्द गर्न थालेका छन्।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध आन्दोलनरत विद्यार्थी संगठनहरूले आजदेखि देशभरका पेट्रोल पम्प र ढुवानीका साधन बन्द गर्ने घोषणा गरेका थिए।

सोहीअनुसार उनीहरूले बुधबार बिहानैदेखि पेट्रोल पम्प बन्द गराएका छन्। त्यस्तै उनीहरुले निगमको थानकोट केन्द्रमा धर्ना दिँदै नाराबाजी गरेका छन्।

पाँच विद्यार्थी संगठनमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेवि संघ, माओवादी केन्द्रको अनेरास्वियू (क्रान्तिकारी) नेकपा एमालेको माधव नेपाल पक्षको अनेरास्वियु लगायत रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here