एल. आर. आई. स्कुलले भानु जयन्ती भव्य रूपमा मनाइयाे

163

काठमाडाैं ।  नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यप्रति श्रद्धाभाव प्रकट गर्दै  एल. आर. आई. विद्यार्थी साहित्य सञ्जालले २०८ औँ  भानु जयन्ती भव्य रूपमा मनाएका छन् ।

साहित्य सञ्जालले विविध साहित्यिक कार्यक्रम अन्तरगत आफ्नो सिर्जना वाचन, अन्य कविका रचना वाचन, भानुभक्तीय रामायण वाचन, वक्तृत्व कला प्रतियोगिताजस्ता कार्यक्रम आयोजना गरी अनलाइन कार्यक्रममार्फत् भानु जयन्ती समारोह सम्पन्न गरेको छ । प्रतियोगितामा सयौँ विद्यार्थीहरुको प्रस्तुति र हजारौँको उपस्थितिले कार्यक्रम निकै रोचक रह्याे।

सिर्जनशील विद्यार्थीहरुको सक्रीय सहभागितामा गठन भएको उक्त साहित्य सञ्जालले भाषा र साहित्यका क्षेत्रमा अग्रसरता देखाउँदै विभिन्न साहित्यकारहरुका जन्म जयन्ती, नेपाली भाषा संस्कृतिको संरक्षण र अन्य प्रतियोगितामूलक कार्यक्रमहरु आयोजना तथा सञ्चालन गरी प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले कार्यक्रमकाे गरिएकाे थियाे  ।

साे विद्यालयका संस्थापक शिवराज पन्तको संरक्षकत्वमा रहेको यो सञ्जालमा आवद्ध विद्यार्थीहरुको सिर्जनात्मक कार्यले साहित्यिक माहोल बढाउँदै जाने र नेपाली भाषा साहित्यको सम्मानका लागि प्रशंसनीय कार्य गर्दै जाने बाटो तय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here