काठमाडौं । विप्लवले राजनीतिक भेटघाट तिव्र पारेका छन् । उनले आज विहान जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् । भूमिगत जीवनबाट खुल्ला भएपछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पहिलोटक बाबुरामलाई भेटेका हुन् । भेटमा उनले संसदीय व्यवस्थाको विकल्पमा जानुपर्नेमा जोड दिएको बुझिएको छ । जनमतसंग्रहबाट व्यवस्थाको टुंगो लगाउनुपर्नेमा उनको जोड थियो ।
विप्लव धर्मेन्द्र बास्तोलालाई लिएर भट्टराईनिवास टोखा पुगेका थिए । भट्टराईसँग उनकी पत्नी हिसिला यमी र जसपाका नेता विश्वदीप पाण्डे पनि थिए । यसअघि विप्लवले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरिसकेका छन् । विप्लवले संसदीय व्यवस्था असफल भएको जिकिर गर्दै विकल्पमा जानुपर्ने प्रस्ताव नेताहरुलाई राखेका थिए ।


















