भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ९८ हजार १०० मात्र

97
एजेन्सी । भारतमा थप २९ हजार ६८९ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यस्तै, ४२ हजार ३६३ जना संक्रमण मुक्त भएका छन्।  हाल भारतभर कूल सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ९८ हजार १०० रहेको छ।

महिनौंपछि भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ४ लाख भन्दा कम पुगेको हो। पछिल्लो समय भारतमा संक्रमण दरमा कमी आएपनि सक्रिय संक्रमितको संख्या घटेको थिएन।

यस्तै, संक्रमणका कारण थप ४१५ जनाको मृत्यु भएको छ। भारतमा कोभिड १९ संक्रमणका कारण हालसम्म ४ लाख २१ हजार ३८२ जनाको मृत्यु भइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here