काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा धेरै कर तिर्ने शीर्ष तीन कम्पनीको सूचीमा दुई दूरसञ्चार कम्पनी परेका छन् । जसमा सरकारी स्वामित्वको नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड) दूरसञ्चार क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने कम्पनी बनेको छ ।
गत आवमा सबैभन्दा बढी कर तिर्ने कम्पनीको सूचीमा टेलिकम दोस्रो स्थानमा छ । याे सूचीको पहिलो नम्बरमा बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल छ । गत आर्थिक वर्षमा टेलिकमले अग्रिम आयकर र भ्याट गरी कूल ९ अर्ब कर बुझाएको उल्लेख छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै एक अर्ब ३० करोड कम हो ।
त्यस्तै सबैभन्दा बढी कर तिर्ने सूचीको तेस्रो नम्बरमा निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल आजियाटा रहेको छ । एनसेलले गत आर्थिक वर्षमा ८ अर्ब कर तिरेको जनाइएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा भने निकै नै कम हो ।
एनसेलले अघिल्लो आवमा कम्पनी खरीद-बिक्री गर्दा लाग्ने पुँजीगत लाभकर पनि तिरेका कारण ३३ अर्ब ९५ करोड भन्दा बढी कर तिरेको थियो ।