भारतीय दूतावास अगाडि युवा संघको प्रदर्शन

193

काठमाडौं । दार्चुलामा तुइन तर्ने क्रममा नेपाली युवक जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको विरोधमा नेकपा एमाले माधव नेपाल पक्षका युवा संघले काठमाडौंस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ ।

उनीहरुले ‘भारतीय विस्तारवाद मुर्दावाद, जयसिंह महराको हत्यारा पहिचान गरी कारबाही गर, नेपालीमाथिको भारतीय एसएसबी ज्‍यादती बन्दर गर, जयसिंह महराको मृत्‍यु होइन, हत्या हो, जयसिंह महराको परिवारलाई राहतको व्‍यवस्था गर ‘लगायतका प्लेकार्डसहित काठमाडौंस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here